संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म एमालेले संसद् चल्न नदिने

संशोधन प्रस्ताव फिर्ता  नहुँदासम्म एमालेले संसद् चल्न नदिने

काठमाडौं: एमालेसहितका प्रतिपक्षी दलले व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयक फिर्ता नभएसम्म संसद्को अवरोध कायम राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको प्रतिपक्षी दलका सांसदको बैठकले संशोधन प्रस्ताव फिर्ता नभएसम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘संसद्मा दर्ता भएको संविधान संशोधन फिर्ता नभएसम्म संसद्मा हाम्रो अवरोध निरन्तर रहने निर्णय भएको छ ।’

बैठकमा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, मधेशी समाता पार्टीलगायत आठ दल सहभागी थिए । बैठकले सरकारले संविधान संशोधन विधेयक फिर्ता गरेर स्थानीय निर्वाचनसँग सम्बन्धी विधेयक संसदमा दर्ता गरे संसद् चल्न दिने निर्णय समेत गरेको केसीले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले व्यस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.