अन्तराष्ट्रिय कार र्‍याली

अन्तराष्ट्रिय कार र्‍याली

विराटनगर: नेपाल अटोमोबाइल एसोसिएसनले फागुन १४ गतेबाट पाँच दिनसम्म नेपाल, भारत र भुटानलाई समेटेर हिमालयन ड्राइभ पाँचौ अन्तराष्ट्रिय कार र्‍याली आयोजना गर्ने भएको छ । भारतबाट सुरु हुने र्‍याली चैत १९ गते सकिने छ ।

आयोजकले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तराष्ट्रिय कार र्‍यालीका बारेमा जानकारी दियो र्‍यालीमा ६० वटा कारमा दुई सय ५० जनाले सहभागिता जनाउने छन् । जसमा पाँचवटा नेपालका, २० वटा आयोजकका र अन्य भारत तथा भुटानका कार हुनेछन् ।

एसोसिएसनका पूर्वाञ्चल अध्यक्ष कविन श्रेष्ठले भारतबाट सुरु हुने र्‍याली भुटान हुँदै नेपालमा इलामको पशुपतिनगरबाट प्रवेश गरेर विर्तामोड, इटहरी, भेडेटार, हिले भएर विराटनगरको महेन्द्रचौकबाट भारतको सिलिगुडीमा पुगेर समापन गरिने जानकारी दिए । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सहयोग रहने र्‍याली सिलिगुडीमा पुगेर विजेतालाई पुरस्कार वितरण गरिएपछि समापनको घोषणा गरिने उनले बताए ।

एसोसिएसनका केन्द्रीय सदस्य सुवाष आचार्यका अनुसार नेपाल, भारत र भुटानको संस्कृतिक, पर्यटन तथा व्यवसायिक विकास तथा समन्वयका लागि र्‍यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए । उनका अनुसार समय, गति र दुरीलाई ख्याल राखेर ट्राफिक नियमको पालना गर्दै र्‍यालीको आयोजना गरिने छ । आचार्यले अनुशासनको पालना र आयोजकले बनाएको नियमलाई ख्याल गरेर विजेता घोषित गरिने छ ।

‘आयोजकले एउटा नियम बनाएको हुन्छ,’ उनले भने, ‘त्यही नियमलाई पछ्याउँदै विजय हाँसिल गर्न सक्नुपर्छ ।’ आचार्यले छिटो दगुर्ने र नियमको पालना नगर्नेले विजेता बन्न नसक्ने जानकारी पनि दिए । उनले कुनै पनि देशमा ट्राफिक व्यवस्थापनमा बाधा नपुर्‍याउने गरी र्‍यालीको आयोजना गरिने बताए । आयोजकले र्‍यालीमा प्रथम हुनेलाई भारतीय एक लाख रुपैयाँ, द्धितियलाई ५० हजार र तृतियलाई २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.