६१ केजीको योमरी
ज्यापु संस्कृतिको महत्वपूर्ण मौलिक चाड योमरी पुन्हि अर्थात् ज्यापु दिवसको अवसरमा राजधानीको कमलादीस्थित गणेस्थानमा प्रदर्शनमा राखिएको योमरी । ‘आन्दे त्वा:खल’ गुठीले बनाएको यो योमरीमा ५० केजी चामलको पिठो, १० केजी चाँकु र एक केजी तिल प्रयोग गरिएको गुठीका सदस्य प्रबिन महर्जनले जानकारी दिए । तस्बिरः सुलभ श्रेष्ठ