अन्नपूर्णकर्मी सम्मानीत

अन्नपूर्णकर्मी सम्मानीत

परासीः पत्रकारिताको माध्यमबाट सीमा अपराध नियन्त्रण र लागूऔषध न्यूनिकरणमा योगदान पुर्‍याएको भन्दै अन्नपूर्ण पोष्ट्का परासी समाचारदाता हरि शर्मालाई सम्मान गरिएको छ ।

नवलपरासीको सीमा प्रहरी चौकी महेशपुरको नवनिर्मित भवनको बुधवार आयोजित उद्घाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज सिंह शाहीले बुधवार पत्रकार शर्मालाई सम्मान गरेका हुन् ।

भवन उद्घाटन गर्दै शाहीले सीमा नाकामा हुने अपराधजन्य कृयाकलाप र अन्य गतिविधिले प्रत्यक्ष रुपमा दुई देशको आन्तरिक मामिला र शान्ति सुरक्षामा गंभिर असर पर्नेहुँदा अरुभन्दा सीमा क्षेत्रका प्रहरीहरु चनाखो र संवेदनशिल भएर काम गर्नुपर्नेमा मातहतलाई निर्देशन दिए ।

पछिल्लो पटक सीमा नाकाबाट हुने जाली नोट तस्करी, मानव वेचविखन, हातहतियार, लागूऔषध ओसारपसारसहित अपराधिक कृयाकलाप बढेको र त्यसबाट नवलपरासी पनि प्रभावित रहेकोले त्यसको नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीको समन्वयमा काम गर्न शाहीले निर्देशन दिए ।

द्धन्द्धकालमा माओवादीद्धारा क्षतिग्रस्त उक्त सीमा चौकी भवन एक करोड १९ लाखमा निर्माण गरिएको हो । भवनमा व्यारेक, कार्यालय कोठा र थुनुवासहित सात वटा कोठाहरु छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.