स्थानीय चुनाव पुरानै संरचनामा , मिति घोषणा छिटै : देउवा

स्थानीय चुनाव पुरानै संरचनामा , मिति घोषणा छिटै  : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार स्थानीय चुनाव गर्न सहमति भएको खुलासा गरेका छन्।

प्रमुख तीन दलको शीर्ष नेतृत्वबीच पुरानै संरचनाअनुसार स्थानीय चुनाव गर्नेबारेमा सहमति भएको बताउँदै देउवाले भने, मंगलबार बालुवाटारमा हामी तीनजना बीच यो सहमति भएको हो । अब आवश्यक तयारी गरेर चुनावको मिति घोषणा हुन्छ ।'

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच स्थानीय चुनावबारे छलफल भएको थियो।

नेपाल महिला संघको तीन नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रमलाई बुधबार चितवनमा सम्बोधन गर्दै देउवाल भने, 'पुनरसंरचना गरेर स्थानीय चुनाव गराउने पर्याप्त समय छैन । 'विवाद धेरै आए, यसलाई मिलाउनुपर्छ । त्यसैले अहिले पुरानै संरचनाअनुसार गाउँ विकास समितिको चुनाव गर्नु उत्तम विकल्प हुन्छ।'

स्थानीय तहको पुनःसंरचना गर्न बनेको आयोगले ५८० वटा स्थानीय एकाइ (गाउँपालिका र नगरपालिका) को खाका तयार पारे पनि त्यसमा स्थानीय तहबाट धेरै विवाद आएको छ। गाउँपालिकाको संख्या र मापदण्डबारे दलहरुबीच पनि सहमति भएको छैन। अहिले २१७ नगरपालिका र तीन हजार १५७ गाउँ विकास समिति छन् ।

देउवाले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकोले त्यसलाई प्रवेश गर्न दिनुपर्ने बताउँदै भने, 'पास फेल हुने संसदीय प्रक्रिया हो । तर प्रस्तावलाई नै रोक्ने वा प्रवेश गर्न नदिने काम गर्नु भएन । हामी हार्न तयार छौं तर प्रस्ताव संसद्मा जानुपर्छ।' देउवाले एमालेले निरन्तर अवरोध गरेर संसद्लाई बन्धक बनाउन नहुने बताए ।

देउवाले तराई वा मधेसलाई अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेको बताउँदै भने, हामी तराई पहाड हिमाल मिलेर बसेका छौं। आपसमा अविश्वास तथा शंका गर्नुपर्ने कुनै कारण छैन।

देउवाले मधेसको सिमाको रक्षा गर्ने काम मधेसीबाट भएको बताउँदै भने, मधेसको कहाँ के सिमाना हो भन्ने हामीलाई थाह छैन । मधेसवासीलाई नै थाह छ । उहाँहरुले नै त्यो सिमाको रक्षा गर्दै आउनु भएको छ । त्यसैले उहाँहरुलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । देउवाले मधेस समस्या तथा मुद्दामा सकारात्मक हुनका लागि एमालेलाई सुझाव दिदै भने, मधेसको समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्छ । यसमा कोही बाधक बन्नु हुँदैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.