चक्कु प्रहारबाट मृत्यु भएको घटनामा दुई पक्राउ

चक्कु प्रहारबाट मृत्यु भएको घटनामा दुई पक्राउ

बनेपाः काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविस-२ मा चक्कु प्रहारबाट गए राति एक व्यक्तिको मृत्यु भएपछि त्यस घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीयवासी नेमा तामाङ र पञ्च तामाङलाई पक्राउ गरेको छ ।

मृत्यु हुनेमा सो गाविसका ३८ वर्षिय जगतमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरिक्षक सहकुल थापाले जानकारी दिए । मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको र झगडाले उग्र रुप लिँदा ज्यान गएको बताइन्छ ।

उता, जिल्लाको गोकुले गाविसमा मङ्गलबार भएको झगडामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । कुटपिट गर्नेको खोजी भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.