गगन थापासँग नगद पाँच हजार मात्र !
काठमाडौं : स्वास्थ्यमन्त्री गगन थापाले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनले सम्पत्ति विवरणमा जम्मा पाँच हजार मौज्दात रहेको उल्लेख गरेका छन्।
श्रीमतीको पेवा र दाइजोसमेत गरी गगनसँग १६ तोला सुन र २०० तोला चाँदी रहेको विवरण उल्लेख छ। त्यसैगरी छ वर्षअघि श्रीमतीको नामा लिएको साढे १७ लाखको आइटेन कार पनि गगनसँग छ ।
उनले सम्पत्ति विवरणमा बाबुआमा र श्रीमतीसमेत सगोलमा केही घरजग्गा रहेको पनि देखाएका छन्। उनले बुझाएको सम्पत्ति विवरण यस्तो छ ।