विद्यार्थीद्वारा चेपाङ विद्यार्थीलाई सहयोग

विद्यार्थीद्वारा चेपाङ विद्यार्थीलाई सहयोग

धादिङः कक्षा १२ मा अध्ययनरत विद्यार्थीको एक समूहले धादिङ गोगनपानी–७ पैरेस्थित हिमालचुली प्राथमिक विद्यालयका चेपाङ तथा तामाङ समुदायका बालबालिकालाई स्वास्थ्य जाँच, शैक्षिक सामग्री र १५ दिनका लागि बिहानी खाना उपलब्ध गराएको छ । युवा स्वयंसेवीहरूको संस्था ‘वी फर एस’ ले मंगलबार बालबालिकाका लागि उक्त सहयोग प्रदान गरेको हो ।

धादिङ महादेवबेसीबाट करिब ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो गाउँमा चेपाङ तथा तामाङ समुदायको बाहुल्य छ । मुख्य राजमार्गबाट नजिकै भए पनि बिजुलीबाहेक खानेपानी, स्वास्थ्य, शिक्षालगायत सुविधा उपलब्ध छैन । करिब ५० जना स्वयंसेवक र कान्ति अस्पतालका बालरोग विशेषज्ञ डा. सिजन थापासहितको टोलीले कक्षा १ देखि ३ सम्मका ५५ जना विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो ।

उक्त विद्यालयमा विद्यार्थीको संख्या धेरै भए पनि कक्षाकोठा दुईवटा मात्र छन् । विद्यार्थीका बाबुआमाको आर्थिक स्थिति नाजुक भएको र बिहानबेलुका खान पनि नपुग्ने भएकाले विद्यार्थीलाई भोकै पठाउने गरेको प्राचार्य इन्दिरा अधिकारी रुपाखेती बताउँछिन् । धनी परिवारका बालबच्चा सहरमा गएर पढ्ने र दिनरात ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेका बालबालिका मात्र यो विद्यालयमा पढ्न आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘जिल्ला शिक्षा कार्यालयबाट बर्सेनि विद्यालय निरीक्षक आउँछन् तर अरू विद्यालयसरहको सेवासुविधाबाट हामी वञ्चित छौं ।’ तीनजना मात्र शिक्षक रहेको यो विद्यालयमा दुईजना शिक्षकको तलब मात्र जिशिकाले दिने गरेको छ ।

विद्यार्थीको स्वास्थ्य जाँचपश्चात् डा. थापाले भने, ‘बालबच्चामा कुपोषणको समस्या नरहे पनि सरसफाइको कमीका कारण घाउखटिरा, रुघाखोकी र छाती दुख्ने समस्या धेरै पाएँ ।’ उनका अनुसार अभिभावकले सरसफाइमा हेलचेक्र्याइँ गरेकाले यस्ता समस्या देखा परेका हुन् । फोहोरमैलाका कारण विद्यार्थीमा पेट फुल्ने र कान पाक्नेलगायत स्वासप्रस्वास प्रणालीसम्बन्धी रोग धेरै मात्रामा लागेको उनले बताए । स्वास्थ्य सुधारका निम्ति प्रत्येक महिना स्वास्थ्य जाँच गर्नुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

स्वास्थ्य जाँचमा कक्षा ३ मा अध्ययनरत छात्र एम्बिसन लामाको अवस्था गम्भीर पाइएको थियो । १० वर्ष उमेरका उनमा सरसफाइको कमीका कारण रगतको समस्या देखिएको छ । बुबाआमा गरिब र दिनरात काममा गएर जीविकोपार्जन गर्ने गरेकाले उनी हजुरबुबा हजुरआमासँग बस्दै आएका छन् ।

स्वयंसेवक विद्यार्थीमध्ये अधिकांश सैनिक आवासीय महाविद्यालयमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरूले एक हजार दुई सयवटा कापी सहयोग गरेका थिए । ‘वी फर एस’ का संस्थापकद्वय मनिता खड्का र प्रशान्तराज गिरीको नेतृत्वमा स्यवंसेवकको टोली पैरे पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.