एक सय एक वर्षका वृद्धलाई सम्मान
एक सय वर्ष उमेर पूरा गरी १०१ वर्ष लागेका सोमनाथ ढुंगानालाई बुधबार काठमाडौंस्थित तक्षशिलामा सम्मान गरिएको छ । उनको जन्म विक्रम संवत् १९७३ साल मंसिर २८ गते धादिङमा भएको थियो । उनी हाल काठमाडौंको सामाखुसीमा बस्छन् । अझै पनि ठमठम्ती हिँड्छन् । स्वस्थ छन् । परिश्रम र स्वस्थ खानाका साथै अरूको भलो हुने काम गरेकाले आफू स्वस्थ रहेको उनको भनाइ छ । तस्बिरः डिल्लीराज उपाध्याय
प्रतिक्रिया दिनुहोस !
७