बिलाशी जीवनशैलीका दाहाल ‍'गरिब प्रधानमन्त्री '

बिलाशी जीवनशैलीका दाहाल ‍'गरिब प्रधानमन्त्री '

काठमाडौः माओवादीको दश बर्षे जनयुद्धपछि सार्वजनिक जीवनमा आएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहालको जीवन शैली आम नागरिकले सोचेको भन्दा भिन्न देखियो । धेरैले उनलाई ‘साच्चिकै' सर्वाहारा जीवनशैली होला भन्ने अनुमान गरेका थिए । तर उनी सार्वजनिक जीवनमा आए लगत्तै उनले लगाउने कपडाका महङगा ब्राण्ड, खाईपिईमा ‘उत्ताउलो' शौख र सुविधान सम्पन्न बसाई र सवारी साधानले धेरैको अनुमान गलत सावित भयो ।

यसले कतिले त प्रचण्ड सबै कुरामा ‘ओपन' रहेछन, अरु कम्युनिष्ट नेताजस्तो ‘डोगी' रहेनछन भनेर प्रशंशा पनि गरे । वज दाहाल पहिलो संविधान सभाका सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बनेपछि प्रधानमन्त्रीको कुर्सीमा पुगे, फेरि उनको कार्यशैलीमा पनि ‘आमुल' परिवर्तन देखियो । दाहाल प्रधानमन्त्री बनेर सिहदरबारको कुर्सीमा पुग्दा विदेशी पत्रिकाका ‘फ्रन्ट पेज'मा त आएनै सिहदरबारको नियन्त्रणमा रहेका एक लाख निजामति कर्मचारी समेत थर्कमान थिए, अव के गर्ने हुन भनेर ।

२०४८ सालपछि राजनीतिज्ञलाई भ्रष्टचार गर्ना सिकाउने बानी परेको नेपालको व्युरोक्रेसी प्रचण्डको आगमनसँगै थर्कमान हुने नौलो विषय पनि थिएन् । किनकी तिनै प्रचण्ड हुन जसले जनयुद्ध ताका गलत काम गर्ने कर्मचारीमाथि ‘जन कारवाही'का नाममा कारवाही गर्दै आएका थिए ।

तर, जव प्रधानमन्त्रीका रुपमा प्रचण्डको पाईला अघि बढ्दै गयो, कर्मचारीतन्त्र त्यतिनै आरामदायी अनुभुति गर्दैै गयो । उनीसँग त्यतिवेला प्रधानमन्त्री कार्यालयमा रहेका काम गरेका एक पूर्वसचिवले यो संवाददातासँग भनेका थिए, ‘प्रचण्ड प्रधानमन्त्रीहरु सबै कर्मचारी थर्कमान थिए, तर जव उनले काम सुरु गर्दै गए, उनी त कांग्रेसभन्दा पनि ‘कम्फटेवल' हुदै गए ।'

ति पूर्वसचिवको यो भनाईले के बुझिन्छ भने माओवादी अर्थात प्रचण्डले कर्मचारीतन्त्रभित्रका विकृति पन्छाउन खोजेनन, त्यसबाट आउने फाईदा स्विकार गर्दै गए, कर्मचारीतन्त्रलाई एथास्थितिमै रामाउन दिए–आफुपनि त्यहि रमाए ।

खुला राजनीतिमा आएको एक दशकको अवधीमा माअ‍ोवादीले राजनीतिक रुपमा धेरै उतार चढाव पार गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा असोचनीय हार बेहोरेर संसदमौ तीन नम्वरमा पुगेपछि फेरि संसदीय अंकगणितको खेलबाट दाहाल अहिले प्रधानमन्त्रीको कुर्चीमा छन् । पद वहाली गरेको बढिमा तीन महिनाभित्र आफ्नो सम्पत्ती विवरण सार्वजनिक गर्ने प्रावधान र प्रचलन छ ।

तर दाहाल नेतृत्वको मन्त्रिपरिषदले झण्डै डेढमहिना ढिला गरी बुधबार सम्पत्ती विवरण सार्वजनिक भएको छ । ति विवरणमा अर्बका मालिनदेखि सुकुम्बासी मन्त्री सम्म देखिएका छन् । तर धेरैको आँखा प्रधानमन्त्री दाहालको सम्पत्ती विवरणमा पुगेर अड्किएको छ । दाहालले पेश गरेको चार पाने सम्पत्ती विवरणमा दुई लाईन मात्रै लेखेका छन्, चिवतनको भरतपुरमा एक कठ्ठा जमिन र तीन तोला सुन ।

उनको त्यो दुई लाईनमा समेटिएको सम्पत्तीको स्रोत पैतृक उल्लेख गरिएको छ । दाहालसँग न घर छ, न नगद, न बैक व्यालेन्स, न त हिराजुहारत नै । बुधबारका सामाजिक संञ्जाल हेर्ने हो भने धेरैले प्रचण्डको सम्पत्ती विवरणलाई विश्वास गरेका छैनन् ।

के साच्चै दाहालको सम्पत्ती एक कठ्ठा जमिन र तीन तोला सुन मात्रै होला त ? अक्सर धनी व्यक्तिको पहिचान उसको जीवनशैलीमा झल्नकने गर्छ, अपवाद बाहेक । दाहालको जीवनशैली हेर्ने हो भने उनले आधिकारी रुपमा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको सम्पत्ती विवरणलाई पत्याउन सकिदैन ।

दाहाल लाउन खान शौखिन व्यक्ति हुन् । उनी दयालु र दानी पन त्यत्तिकै छन् । पत्रपत्रिकामा आएका समाचारलाई पत्याउने हो भने उनी मदिरामा ह्स्किीका स्वखिन हुन्, त्यो पनि ‘ग्रिन लेवल'का । ‘जोनी वाल्कर'को ‘ग्रिन लेवल' सबैभन्दा महङगो ह्स्कीमा पर्छ ।

लवाईमा पनि नेपाल समाकालिन नेताहरुमा दाहाल सबैभन्दा बढि ‘ब्राण्ड कन्सस' देखिन्छन् । उनको हातमा झल्याक झुलुक देखिने रोलेक्स र ओमेगा ब्राण्डका घडी । नाईक, द नर्थ फेस, रिवोर्क जस्ता ब्राण्डका कपडाले उनको जीवनशैली महङगो छ भन्ने पुष्टि गर्छ ।

त्यसोत उनको बसाई पनि कम्युनिष्ट सर्वहारवर्गको नेताजस्तो होईन, पुजीवादी पार्टीको नेताको जस्तो छ । उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएका आलिसान महलमा बस्छन् । विलासी गाडी चढ्छन् । साथ यिनै उनका जीवनशैलीले आम जनताले दाहालको सुकुम्वासी जस्तै देखिने सम्पत्ती विवरणप्रति समाजिक संजालमा कटाक्ष पोखेका हुन् ।

नेताहरुको शेयर मोह

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ती विवरणमा अधिकांशको शेयरमा लागनी रहेको देखिएको छ । सरकारका अअधिकँंश मन्त्रीसँग करोडौ मुल्यका विभिन्न वित्तिय संस्था तथा कम्पनीमा शेयर रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।

सरकारका २६ जना मन्त्रीमा १६ जनाले विभिन्न कम्पनीमा शेयर लगानी गरेका छन् । त्यसमा सबैभन्दा बढि कम्पनीमा आफु, आमा बुबार श्रीमतीको नाममा गगन थापाले लगानी गरेका छन् । उनले विभिन्न ५५ वटा कम्पनीमा शेयर लगानी गरेका छन् ।

धनी मन्त्री पाण्डे र बोहोरा

वर्तमान मन्त्रिपरिषदमा सबैभन्दा धनी मन्त्रीमा भुमिसुधार मन्त्री विक्रम पाण्डे र आपुर्ति मन्त्री दिपक बोहोरा देखिएका छन् । उनीहरुको विभिन्न कम्पनीमा झण्डै अर्व बराबरको लगानी देखिएको छ ।

गरिव अर्थमन्त्री

अर्थमन्त्री कृष्णबहादुर महरा अहिलेसम्मकै सबैभन्दा गरिव अर्थमन्त्रीको रुपमा देखिएका छन् । उनले पेश गरेको सम्पत्ती विवरणमा उनीसँग ८० हजार रुपया मात्रै मौज्दात छ भने रोप्लाको लिवाङमा कच्ची घर र पाखो ८ रोपनी जग्गा बाहेक अरु सम्पत्ती छैन । खेलकुद मन्त्री दलजित विके सबैभन्दा कम नगद भएका मन्त्री देखिएका छन् । उनले पेश गरेको विवरणमा ३ हजार रुपैया मात्रै नगद आफुसँग भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.