गल्फको सिन्थेटिक लुब्रिकेन्ट सार्वजनिक
काठमाडौः गल्फ ब्रान्डको अटोमोटिभ तथा इन्डस्ट्रियल लुब्रिकेन्टको बजार प्रवद्र्धक तथा निमार्णकर्ता नेपाल आयल लिमिटेडले म्यानटेस्टर युनाइटेड सह-ब्रान्ड रहेको सिन्थेटिक लुब्रिकेन्ट सार्वजनिक गरेको छ । त्यसमा गल्फ पावर ट्रयाक ४टी र गल्फ अल्ट्रासिन्थ एक्स सार्वजनिक गरिएको हो ।
उक्त कार्यक्रममा म्यानचेस्टर फुटबल क्लबका एम्बासेडर क्विन्टन फर्चुन पनि सहभागी थिए । साथै कार्यक्रममा बस र ट्रकका लागि आवश्यक गल्फ सुपरपिट एलई डुरा म्याक्स आयलको पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अल्ट्रासिन्थ एक्स ५डब्लु-३० कारका लागि बनाइएको लुब्रिकेन्ट हो भने गल्फ पावर ट्रयाक ४टी मोटरसाइकलका लागि हो । यी लुब्रिकेन्ट म्यानेचेस्टर युनाइटेडका साथै गल्फको सह-ब्रान्डेड प्याकमा उपलब्ध छन् । सुपरपिट एलई डुरा म्याक्स १५डब्लु-४० अत्यधिक कार्यक्षमता भएको डिजेल इन्जिन आयल हो ।