साइन रेसुङाको २७ प्रतिशत बोनस सेयर
काठमाडौः साइन रेसुङा डेभलपमेन्ट बैंक लिमिटेडले २७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको आठौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत बोनस सेयर वितरण गर्ने निणर्य गरेको छ ।
उक्त अवसरमा बैंकले आव २०७२/७३ मा रुद्रपुर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयका रूपमा सम्मान गरेको छ । साधारणसभाले राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षमा डा.ताराप्रसाद उपाध्याय (ज्ञवाली), भुवन भण्डारी, कृष्णप्रसाद भण्डारी, मेघराज कक्षपती, मोहन चापागाईं, गोपालप्रसाद पाण्डे र डिल्लीराज भुसाल सदस्य रहेको सञ्चालक समितिको गठन गरेको छ ।