एनएमबी बैंकद्वारा सामाजिक कार्य
काठमाडौः एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भुकम्पबाट पूर्ण क्षति भएको थापाथलीस्थित गोरखनाथ मन्दिरको अवशेषलाई मन्दिर परिसरमै सुरक्षित राख्न सरसफाइ तथा व्यवस्थापन कार्यको आयोजना गरेको छ ।
विनाशकारी भूकम्पले उक्त मन्दिर पूर्ण रूपले क्षति भएको थियो । गुठी संस्थानसँगको सहकार्यमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानीय वासिन्दाको सहभागितामा कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
‘सम्पदा संरक्षणका साथ एनएमबी बैंक' भन्ने नारा लिएर एनएमबी बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ सालदेखि विभिन्न कार्य गर्दै आइरहेको छ । एनएमबी बैंकको एनएमबी सोसियल इनिसिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदाको जिर्णोद्वार, सफाइ कार्यक्रम तथा एनएमबी हेरिटेज वाकको पनि आयोजना गर्दै आएको छ ।