जनता बैंकको नयाँ शाखा दमकमा
काठमाडौः जनता बैंक नेपाल लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ३८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको समुद्घाटन बैंक सञ्चालक केशवबहादुर रायमाझीले गरेका थिए । गत वर्ष बैंकको खुद मुनाफा ३२.५३ करोड रहेको थियो । हाल बैंकले ३८ वटा शाखा, ३० वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ इकाइ, इन्टरनेट तथा मोबाइल बैंकिङमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
साथै यस आर्थिक वर्षभित्र सिराहाको लहान, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडालगायत उपयुक्त स्थानमा शाखा थप गरी नेटवर्क विस्तार गर्ने योजना बैंकको छ ।