सनराइजको अगुवाइमा जलविद्युत
काठमाडौः सनराइज बैंक लिमिटेडको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जनता बैंक नेपालको संयुक्त सहभागितामा सहवित्तीयकरण लगानी व्यवस्था अनुसार लगानी गर्नेगरी रसुवा, जिल्लाको स्याफ्रुबेसी गाविसमा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त परियोजना कृष्ण आचार्य समूहले प्रवद्र्धन गरेको मल्टी इनर्जी प्रालिले गरेको हो । कुल लागत दुई अर्ब १७ करोड अनुमान गरिएको उक्त परियोजनामा बैंकले एक अर्ब ६० करोड लगानी गर्नेछन् ।