अनिश्चितकालीन अर्घाखाँची बन्द, विरोध सभा हुँदै
अर्घाखाँचीः पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारे संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा बिहीबारदेखि अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ। बन्दका करण बजार, कलकरखाना र यातायातका सम्पुर्ण साधन बिहानैदेखि ठप्प छन्। शिक्षण संस्था भने बन्द नगरिएको बन्द आह्वान समितिले जनाएको छ।
यसैबीच संशोधन प्रस्तावको विरोधमा अर्घाखाँचीको सन्धिखर्कमा दिउँसो विरोध सभाको हुने भएको छ। विरोध सभालाई सवै राजनीतिक दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी, एमाले नेता दलबहादुर राणा, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कानले जानकारी दिए। विरोध सभा सुरु हुनु अघि जुलुस प्रदर्शन गरिने छ।
सन्धिखर्कको टुडिखेलबाट सुरु भएको जुलुस शान्ति बगैचा, मेन रोड, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हँुदै पुन टुडिखेलमा आएर विरोध सभामा परिणत हुनेछ।