संशोधन प्रस्ताव फिर्ताका लागि दबाब दिन सांसदहरुलार्इ एसएमएस

संशोधन प्रस्ताव फिर्ताका लागि दबाब दिन सांसदहरुलार्इ एसएमएस

काठमाडौं: संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् ।

सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो। उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।

नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । सोही कार्यक्रमअन्तर्गत बिहीबार सन्देश प्रवाह गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.