संशोधन प्रस्तावको विरोधमा प्यूठान बन्द
प्यूठानः संविधान संशोधन प्रस्तावको विरोधमा प्यूठानमा वन्दको आव्हान गरिएको छ। प्यूठान रोल्पा संयुक्त संघर्ष समितिको बुधवार भिंगृमा बसेको बैठकले पुस ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। वन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन, उद्योग व्यवसाय ठप्प भएको छ।
सदरमुकाम खलंगासहित विजुवार, बाग्दुला, जुम्रिवजार, चकचके, बडडाँडा र दरभानमा बन्द कर्ताहरु बाटोमा टायर बालेर विरोध गरेका छन्। संविधान संशोधन फिर्ता नलिँदासम्म आन्दोलन जारी राख्ने संयुक्त संघर्ष समिति प्यूठानका संयोजक एवं क्रान्तिकारी माओवादीका जिल्ला संयोजक पूर्ण विक्रम नेपालीले बताए। जिल्लामा अर्ध वार्षिक परीक्षा संचालन भइरहेकाले शैक्षिक संस्था खुला गरिएको उनले जानकारी गराए।
सरकारले आफूहरुको मागप्रति जिम्मेवार नबनेकाले बाध्य भएर वन्दको आव्हान गुर्न परेको रोल्पा–प्यूठान संयुक्त संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले बताए। संशोधन प्रस्तावविरुद्ध तीन सातादेखि प्यूठानबासी चरणवद्ध आन्दोलनमा उत्रिएका छन्।