मोबाइल खरिदमा १५ दिनसम्म छुट

मोबाइल खरिदमा १५ दिनसम्म छुट

काठमाडौं: सीटीभी मोबाइल ग्रुपअन्तर्गत सञ्चालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले वार्षिकोत्सवको अवसर पारेर सबै ब्रान्डका मोबाइल खरिदमा १५ दिनसम्म छुट दिनेछ । साथै मोबाइलको फिक्स मूल्य निर्धारण गरी कारोबार गर्ने प्रालिले जनाएको छ ।

एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार अन्यत्रभन्दा सस्तो मूल्यमा सबै ब्रान्डका मोबाइल उपलब्ध गराउन एप्पल वल्र्डले १५ दिनसम्म फिक्स मूल्यमा कारोबार गर्न लागेको हो । प्रथम वार्षिकोत्सवका अवसरमा ग्राहकलाई विशेष अवसर ल्याएको बताउँदै ग्लाइडरले ग्राहकसँग ढुक्क भएर मोबाइल एक्सचेन्ज, रिपेयर र मोबाइल खरिद गर्न आग्रह गरेका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर सीटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्डभिजन मोबाइल, सीटीसी मल, सीटीभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दसैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा गरेका छन् ।

बम्पर पुरस्कारअन्तर्गत नवलपरासीका जनक ढकालले स्कुटर प्राप्त गरेका छन् । उनले सीटीसी मलको द वल्र्डभिजन मोबाइलमा सेट खरिद गरेका थिए । बिजेताको घोषणा बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.