चुनावमा सहभागी नहुने गोपाल किरातीको चेतावनी

चुनावमा सहभागी नहुने गोपाल किरातीको चेतावनी

विराटनगरः पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन हुन लागेको भन्दै माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज एवम् पूर्वमन्त्री गोपाल किरातीले आक्रोश व्यक्त गरेका छन् ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलनम राजतन्त्रकालीन संरचनामै स्थानीय निकायको निर्वाचन गराउन राजनीतिक दलहरुबीच सहमति हुन लागेका उनले विरोध गरेका हुन् । नेपाल सरकारले गठन गरेको आयोगले सात सय ४४ को संख्यामा स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन बुझाउनै लागे पनि दलहरु पुरानै संरचनाको पक्षमा रहेको उनको आरोप छ ।

कांग्रेस, एमाले, राप्रपा र मधेशसी दल पहिचानको नारा लगाउँदै राजतन्त्रकालीन पुरानै संरचनामा निर्वाचन गराउन उद्यत रहेको आरोप किरातीको छ ।

‘पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन गराउनु भनेको जनताले रगत, आँसु र पसिनाको धारा बगाएर ल्याएको गणतन्त्र खोस्ने षड्यन्त्र हो,’ उनले भने, ‘गणतन्त्र नेपालको सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो षड्यन्त्रको बाहक बन्नु हुँदैन ।’

किरातीले पुरानै संरचनामा निर्वाचन भए त्यसलाई माओवादीले वहिष्कार गर्ने दाबी गरे । ‘राजतन्त्रकालिन पुरानै संरचनामा गरिने प्रतिगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेश सहभागी हुँदैन,’ किरातीले भने ।

किरातीले गणतन्त्र ल्याउने क्रान्तिकारी सबैको चिहान खन्ने योजना अनुरुप पुरानै संरचनामा निर्वाचन गराउन खोजिएको आरोप लगाए । नयाँ संरचनामा निर्वाचन नगरिए जनताले परिवर्तनको आभाष पनि गर्न नपाउन किरातीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.