राजमार्ग आसपासमा मदिरा पसल नराख्न अदालतको आदेश

राजमार्ग आसपासमा मदिरा पसल नराख्न अदालतको आदेश

नयाँदिल्लीः भारतको सर्वोच्च अदालतले देशभरका सवै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ ।

राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् ।

भारतका प्रधानन्यायाधिश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरिय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नविकरण नगर्न आदेश दिइएको हो ।

यद्यपी आउँदो बर्षको अप्रिल १ तारिखदेखि आदेश कार्यान्वयनमा ल्याउन पनि अदालतले प्रष्ट पारेको छ ।

अदालतले मादक पदार्थको नयाँ पसल राजमार्गदेखि ५०० मिटर भन्दा टाढा राख्न र राजमार्ग छेउछाउमा रहेका होडिङ बोर्डहरु तत्काल हटाउन पनि आदेश दिएको छ ।

भारत विश्वमै सबैभन्दा धेरै सवारी दुर्घटना हुने देशमा पर्दछ । एक तथ्याङ्कअनुसार, भारतमा सवारी दुर्घटनाका कारण वर्षेनी १३ लाख जनाको मृत्यु हुने गरेको छ ।

अधिकांश दुर्घटना सडकको दुरावस्था, मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने र तिव्र गतिका हुने गरेको अधिकारीले बताएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.