गुल्मीमा प्रदर्शनकारी र प्रहरीबीच झडपः सांसदसहित दर्जनौ प्रदर्शनकारी घाइते
गुल्मीः संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोनको १७ औँ दिन गुल्मीका सरकारी कार्यालयमा आन्दोलनकारीले ताला बन्दी गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आन्दोलनकारीले तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा सांसद्सहित दर्जनौ आन्दोलनकारी घाइते भएका छन्।
बिहानैदेखी प्रदर्शनकारीले नाराबाजी गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले सरकारी कार्यालयमा तालाबन्दी सुरुगरेपछि प्रहरीले भिड नियन्त्रणका लागि आठ राउण्डबढी अश्रुग्यास प्रहार गरेको छ ।
झडपमा सांसद कमला विश्वकर्मासहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको गुल्मीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि झडपस्थलबाट भिड तितरवितर भएको छ ।
प्रदेश नम्बर पाँचमा आमहड्तालको घोषणा भएसँगै गुल्मीमा शैक्षिक संस्था, बजार, कलकारखाना, उद्योगधन्दा र यातायात बन्द भएका छन् ।
शैक्षिक संस्थालाई खुल्ला राखेका आन्दोलनकारीले आ जदेखि शैक्षिक संस्थापनि बन्द गराएका हुन् ।