वल्र्डलिंकको नयाँ योजना

वल्र्डलिंकको नयाँ योजना

काठमाडौंः वल्र्डलिंक कम्युनिकेसनले सस्तोमा दुई एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले ११ सय ५० रुपैयाँमा दुई एमबीपीएसको अनलिमिटेड प्लान उपलब्ध गराउनेछ ।

कम्पनीका अनुसार ग्राहकले यस योजनामा एक वर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निःशुल्क फाइबर राउटरसमेत प्राप्त गर्नेछन् । यस्तै वल्र्डलिंकले इन्टरनेट प्रोटोकल (आईपी) टीभी सेवामासमेत अफर ल्याएको छ ।

इन्टरनेटको माध्यमबाट सबै प्रकारका टीभी हेर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले एक महिनाको आईपी टीभी सेवा खरिद गर्ने नयाँ ग्राहकलाई थप दुई महिना निःशुल्क सेवा दिनेछ ।

यस योजना अनुसार ग्राहकले एक महिनाको सेवा शुल्क तिरेर तीन महिना टीभी हेर्न पाउनेछन् । यस सेवामा ग्राहकले महिनाको चार सय ५० रुपैयाँ शुल्क तिर्नु पर्नेछ । आईपी टीभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.