दुप्चेश्वरले भित्र्यायो अशोक लेलैन्डका बस
काठमाडौं: दुप्चेश्वर यातायात प्रालिले काठमाडौंको रिङरोड, चक्रपथ क्षेत्रमा चल्ने अशोक लेलैन्ड कम्पनीका सुविधा सम्पन्न लिंकस स्मार्ट मोडेलका बसहरू सञ्चालनमा ल्याएको छ ।
अहिले नेपालको सार्वजनिक सवारी क्षेत्रमा सुधारको सुरुवात भएको र नेपाल सरकारले ४० सिटे वा सोभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिने व्यवस्था गरे अनुसार प्रालिले लेलैन्डकाका गाडी भित्र्याएको हो ।
उक्त बसहरूमा ४० सिट क्षमतासहित सुरक्षाका लागि सीसीटीभी क्यामरा र एलईडी टीभी जस्ता सुविधा छन् । निजी क्षेत्रको व्यावसायिक पहलमा दुप्चेश्वर यातायातले बालाजुस्थित कम्पनीद्वारा आयात गरिएका अशोक लेलैन्डका ‘अरेन्ज’ बस सञ्चालनमा ल्याएको हो । केही समय अघिमात्र साझा यातायातले पनि यस्तै सेवा र सुविधाका बस आयात गरी सञ्चालनमा ल्याइसकेको छ ।