मेगा र बुम रेमिटबीच सम्झौता
![मेगा र बुम रेमिटबीच सम्झौता](https://annapurnapost.prixacdn.net/media/albums/Mega-Bank-press-release-5853c95f667b12.41069860_KesolMUrGw.jpg)
काठमाडौंः मेगा बैंक नेपाल र बुम रेमिट प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ ।
सम्झौता अनुसार बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंकका सबै शाखामार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिटको नेपालका ७५ वटै जिल्लामा ३६ सय भन्दा बढी प्रतिनिधि छन् ।
हाल बुम रेमिटले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । यसले चाडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोबार सुरु गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)