भारतीय राजदूतलाई नेपालमा राख्नु हुँदैनः बिजुक्छे
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय राजदूत रणजित रायलाई नेपाललमा राख्नु नहुने धारणा राखेका छन् ।
उनले कुटनीतिक मर्यादा विपरीत काम गरेको र हेपाहा प्रवृत्ति भएको भन्दै भारतीय राजदूतलाई नेपालमा राख्नु नहुने बताएका हुन्। ‘कुटनीतिक मर्यादा विपरीत काम गर्ने र हेपाहा प्रवृत्ति भएका भारतीय राजदूत रणजित रायलाई नेपालमा राख्नु हुँदैन,’ बिजुक्छेले भने ।
रफरसञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले केही समयपछि नेपालमा एनआरएन र अंगिकृत नागरिकताधारीको हातमा सरकार जाने खतरा बढेको समेत बताएका छन् । ‘यस्तो अवस्था आयो भने देशकै लागि खतरा हो,’ उनले भने ।
बिजुक्छेंले सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको आरोपसमेत लगाए । कार्यक्रममा उनले भने, ‘स्थानीय तहको निर्वाचन गर्ने बहाना गरी संसद्को निर्वाचन गर्ने तयारीमा सरकार जुटेको छ ।’
जिल्ला निवार्चन कार्यालय भक्तपुरले शुक्रबारबाट गाउँगाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।
जिल्ला निर्वाचन अधिकृत उमेश राईले यो कार्य आगामी माघ ५ गतेसम्ममा सञ्चालन रहने जानकारी दिए ।
जिल्लाको ६ वटा नगरपालिकाको सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको हो ।
मतदातालाई यसबारे सूचित गर्न वडा कार्यालयमार्फत सूचना जारी गरिएको बताउँदै उनले मतदातालाई सहज बनाउन गाउँ÷गाउँमा अभियान सुरु गरिएको बताए ।
विसं २०७० को संविधानसभाको निर्वाचन अघि जिल्लामा एक लाख ४९ हजार ५५८ मतदाता रहेकोमा हाल बढेर एक लाख ६३ हजार ५१० जना मतदाता पुगेको छन् ।
ती मध्ये ८३ हजार १७४ महिला, ८० हजार ३३५ पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन अधिकृत राईले जानकारी दिए ।
अहिले जिल्लाको कूल जनसङ्ख्याको ५३ दशमलव ६७ प्रतिशत मतदाता रहेका उनको भनाइ छ । रासस