'संशोधन प्रस्ताव स्थगन गरी चुनावमा जानुपर्छ'

'संशोधन प्रस्ताव स्थगन गरी चुनावमा जानुपर्छ'

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा रामशरण महतले संविधान संशोधन प्रस्तावलाई स्थगन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन्।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा डा महतले भने, संविधान संशोधन प्रस्तावलाई केही समय स्थगन गरी स्थानीय निकायको निर्वाचनमा लाग्नुपर्छ। त्यसको विकल्प छैन।

संशोधन प्रस्ताव केही समय पर सारी अन्य महत्वपूर्ण ऐन /कानुन, निर्वाचनसम्बन्धी विधेयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्ने धारणा उनको छ। स्थानीय तहको पुनःसंरचनाका लागि आयोगले काम गरिरहेको बताउँदै महतले भने, ‘‘ आयोगले काम त गरिरहेको छ, तर यसलाई विवादमा पार्ने काम कसैले गर्नुहुँदैन, कतिपय जिल्लामा अझै विवाद छ, तराईका आठ जिल्लामा आयोग अहिलेसम्म प्रवेश नै गर्न सकेको छैन, त्यसैले जबर्जस्ती आयोगलाई काम गर्न दबाब दिनुहँदैन ।’’

महतले पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलबीच भएको सहमति स्वागतयोग्य रहेको बताउँदै भने, अब यसमा अल्झिने वा विवाद झिक्ने काम गर्नुहुँदैन। चुनावमा जानुपर्छ।'

महतले संशोधन प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्ने बताउँदै नेकपा (एमाले)ले प्रस्तावमा छलफल नै गर्न नदिई संसद् अवरुद्ध गरेर गलत गरेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.