नविना र ऐनको टक्करले अनेरास्ववियुको विवाद छताछुल्ल

नविना र ऐनको टक्करले अनेरास्ववियुको विवाद छताछुल्ल

काठमाडौं: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्रको आन्तरिक विवाद फेरि चुलिएको छ । विवादका कारण संगठनमा पार्टी अध्यक्ष निकट भनेर चिनिएका कार्यकर्तामा दुई चिरा भएका छन् ।

माधव नेपाल समूह मानिएका नेता कार्यकर्ताले पनि संस्थापन पक्षको निर्णयप्रति असन्तुष्टि जनाउँदै छुट्टै कार्यकर्ता भेला गर्न थालेका छन् । महाधिवेशन सम्पन्न भएको १० महिनासम्म पनि कार्य विभाजन हुन नसकेको भन्दै संगठन नेतृत्वप्रति कार्यकर्ताले आलोचना गरिरहेका छन् ।

पछिल्लो समय संगठनका महासचिव ऐन महरले संगठनको केन्द्रीय समितिको बैठकको निर्णयको हवाला दिंदै बिहीबार प्रदेश, विभाग लगायतका अन्य क्षेत्रमा कार्य विभाजनको विषयमा मातहतका समितिलाई परिपत्र जारी गरेपछि विवादले उग्र रुप लिएको हो । गत जेठ २ देखि ५ गतेसम्म काभ्रेमा केन्द्रीय समितिको बैठक सम्पन्न भए पनि महरले बिहीबार मात्र उक्त निर्णयअनुसार कार्य विभाजन गरिएको भन्दै परिपत्र गरेका थिए ।

केन्द्रीय समितिले कार्य विभाजन गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको र सोही जिम्मेवारी अनुसार बाँडफाड गरिएको महासचिवको दाबी छ । बिहीबार विश्वभाषा क्याम्पसमा आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिवले मनपरी रुपमा जिम्मेवारी तोकेको पार्टीमा नेपाल निकट मानिने सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलम लगायतकाले आरोप लगाएका छन् । महरले जारी गरेको परिपत्रमा अध्यक्ष नवीना लामा, उपाध्यक्ष शैलेश लामालगायतले समेत असन्तुष्टि जनाएका छन् ।

महरले परिपत्र जारी गरेपछि असन्तुष्टि जनाउँदै सचिव पराजुली लगायतको समूहले शुक्रबार रत्नराज्यलक्ष्मी क्याम्पसमा कार्यकर्ता भेला गरेर छुट्टै परिपत्र जारी गरेका छन् । पराजुलीले भने, ‘संस्थापन पक्षले केन्द्रीय समितिको निर्णय विपरीत सर्कुलर जारी गरेको छ। यसको विरोध गर्न हामीले छुट्टै भेला बोलाएका हौं ।’

महासचिव महरले भने संगठनको आन्तरिक विवादलाई मिलाउने क्रममा केन्द्रीय समितिको वैठक सकिएको नौ महिनापछि जिम्मेवारी बाँडफाँड गर्नुपरेको बताए । ‘विवाद मिलाउने क्रममा पार्टी नेतृत्व, इन्चार्ज लगायतको सुझावको आधारमा महासचिवको हैसियतले परिपत्र गरेको हुँ’ महरले भने, ‘संगठनको विधानविपरीत म गएको छैन । मैले जारी गरेको परिपत्रमा अध्यक्षको पनि सहमति छ । असन्तुष्ट केही साथीले भेला गर्दैमा यसलाई ठूलो मुद्दा बनाउनु जरुरी छैन ।’

महरले परिपत्र जारी गरेको विषयमा संगठनमा उनकै प्यानल मानिने उपाध्यक्ष शैलेश लामा लगायतले पनि असन्तुष्टि जनाएका छन् । संगठनमा यसअघि पनि एकै प्यानलबाट चुनाव जितेका अध्यक्ष र महासचिवको विवादका कारण जिम्मेवारी बाँडफाँडमा समस्या आएको थियो ।

अध्यक्ष लामाले भने संगठनको आन्तरिक कुरा भएकाले यसलाई ठूलो मुद्दा बनाउन नपर्ने बताइन् । संगठनकी उपाध्यक्ष सुनिता बरालले पनि संगठनले आन्तरिक विवाद मिलाउँदै गति लिन लागेको बेलामा सानो तिनो कुरामा झमेला निकाल्न नहुने बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.