प्रबुद्ध बैठक रद्द

प्रबुद्ध बैठक रद्द

अन्नपूर्णः काठमाडौं नेपाल-भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ । पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द भएको आधिकारिक स्रोतले बताएको छ ।

भारतको उत्तरप्रदेशमा यसै महिना हुने निर्वाचनमा भारतीय प्रबुद्ध समूहका प्रमुख भाजपाका नेता भगतसिंह कोसियारी सहभागी हुनुपर्ने भएकाले निर्धारित बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएपछि बैठक रद्द भएको हो ।

भारतीय पक्षले अर्को वैकल्पिक मिति अनुकूल समयमा तोक्ने बताएको छ । एक वर्षअघि गठित उक्त समूहको परिचयात्मक बैठक जुलाई पहिलो साता काठमाडौंमा भएको थियो भने त्यसपछिको बैठक दिल्लीमा भएको थियो ।

आलोपालो दुई मुलुकमा गरिने उक्त बैठक नेपालले पोखरामा आयोजना गर्ने निर्णय गरे पनि अन्तिम समयमा भारतीय पक्षले राजनीतिक कारण देखाई सहभागितामा असमर्थता जनाएपछि रद्द गरिएको हो ।

प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद डा. राजन भट्टराई र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य छन् भने भारतीय पक्षबाट समूहको संयोजकमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकहरू बीसी उप्रेती, महेन्द्र लामा र पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.