अब प्याकेजमै सहमति खोज्नुपर्छ : रामचन्द्र

अब प्याकेजमै सहमति खोज्नुपर्छ : रामचन्द्र

विराटनगर : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिएका छन्।

विराटनगर विमानस्थलमा विराटनगरमा पत्रकारसँग पौडेलले भने, 'अब प्याकेजमै सहमति खोजिनुपर्छ।'

उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिए।

तराईका जनताको भावनालाई समेटनुपर्ने उल्लेख गर्दै पौडेलले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर कार्य गर्नुपर्ने देखिएको विचार राखे। उनले भने, हामीले हचुवाका भरमा हतारमा निर्णय गरेर पछुताउनु हुँदैन।'

नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने विषयमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.