‘संविधान संशोधन विधेयक नेपाललाई भारतसँग मिसाउने छोटो हतियार’

‘संविधान संशोधन विधेयक नेपाललाई भारतसँग मिसाउने छोटो हतियार’

काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकले नेपाललाई भारतसँग मिसाउने छोटो हतियार भएको टिप्पणी गरेका छन् ।

अखिल नेपाल बुद्धिजीवी संघले शनिबार ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भने, ‘विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियारको स्वरुपमा आएको हो ।’

नेता केसीले पहाड र तराई कुनै हालतमा अलग गर्न नहुने भन्दै मधेसवादी दलले दिल्लीको कुरा गरिरहेको आरोप लगाए ।

कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्दै संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको उल्लेख गरे ।

नेता सिंहले प्रस्ताव तराईलाई नेपालबाट स्वतन्त्र गराई भारतमा गाभ्न र नेपाललाई दोस्रो सिक्किम बनाउन ल्याइएको दाबी गरे ।

कार्यक्रममा प्रा डा सुरेन्द्र केसी, संविधानविद् विश्वकान्त मैनाली, नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य इन्द्रमोहन श्रेष्ठलगायतले विधेयकले राष्ट्रिय एकतालाई कमजोर पार्ने धारणा व्यक्त गरे । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.