नेफ्स्कुनको नेतृत्व डिबी बस्नेतलार्इ

नेफ्स्कुनको नेतृत्व डिबी बस्नेतलार्इ

काठमाडौं: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को नयाँ नेतृत्वका लागि एमाले- कांग्रेस समर्थित सहकारीकर्मीको साझा उम्मेदवारहरु बिजयी भएका छन् ।

शुक्रबार सहकारीकर्मी तथा एमाले, कांग्रेस शीर्ष नेतृत्वबीच भएको भएको भेलाले तय गरेको सबै उम्मेदवारहरुले चुनाव जितेका हुन् ।

नेफ्स्कुनको आगामी तीन वर्षका लागि २५ औं वार्षिक साधारणसभाको चुनावबाट अध्यक्षमा डिबि बस्नेत, वरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल, महिला उपाध्यक्ष पार्वती खाँड, महासचिवमा चन्द्र ढकाल, कोषाध्यक्षमा केशव पोखरेल निर्वाचित भएका हुन् ।

त्यस्तै खुला सञ्चालक सदस्यमा उद्वव सापकोटा, नानीकाजी शाक्य, चन्दीप्रसाद ढकाल, भरत ढुवाडी, महिला सञ्चालकमा शान्ति अधिकारी, गोमा नेपाल र शोमा खड्का बिजयी भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा दामोदर अधिकारी, लेखा समिति सदस्यमा विपिन शर्मा र सुभर्दा महतो बिजयी भएका छन् ।

त्यस्तै प्रदेश १ बाट सञ्चालक सदस्यमा घनश्याम अधिकारी, प्रदेश २ बाट डा कृष्ण पौडेल, प्रदेश ३ बाट दीपक पनेरु, प्रदेश ४ बाट भीम गुरुङ, प्रदेश ५ बाट कृष्ण नेपाल, प्रदेश ६ बाट यज्ञ ढकाल, प्रदेश ७ बाट माधव जोशीले चुनाव जितेका छन् ।

महिला उपाध्यक्ष, कोषाध्यक्ष, लेखा संयोजक र प्रदेश नम्बर नम्बर ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका हुन् ।

१६ सय २८ मतदातामध्ये १४ सय १७ मत खसेको थियो ।

नेफ्स्कुनको नयाँ नेतृत्वका लागि नेकपा माओवादी समर्थित सहकारीकर्मीले स्वतन्त्र उम्मेदवारका रुपमा नवराज सापकोटाको अध्यक्षतामा चुनाव लडेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.