विवाहको पार्टीमा रुख ढलेपछि..
अमेरिकाः क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
उक्त पार्टीमा अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ ।
शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ ।
अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । नगर समाचार सेवाका समाचारदाताहरूका अनुसार अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा कम्तीमा छ वटा एम्बुलेन्स पठाएका छन् ।
अग्नी नियन्त्रण सेवाका चालक दलका सदस्यहरू अझै घटनास्थलमा रहेको बताइएको छ । घटनाको विस्तृत विवरण भने तत्काल प्राप्त भएको छैन । एजेन्सी