क्लब विश्व कपमा रियल म्याड्रिड च्याम्पियनः रोनाल्डोको हृयाट्रिक

क्लब विश्व कपमा रियल म्याड्रिड च्याम्पियनः रोनाल्डोको हृयाट्रिक

एजेन्सीः क्लब विश्व कप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । आइतबार भएको खेलमा रियल म्याड्रिडले जापानिज क्लब कासिमा एन्टलर्सलाई ४–२ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

रियलले अतिरिक्त समयमा कासिमालाई स्तब्ध बनाएको थियो । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलमा सुरुआती अग्रता रियलका करिम बेन्जेमाले नवौं मिनेटमा गरेको गोलले रियलले लिएको थियो ।

कासिमाका गाकु सिवासाकीले लगातार दुई गोल गरेपछि रियल केहीबेर अत्तालियो । तर, रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा पु‍र्याए ।

६० औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले अतिरिक्त समयमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरे र रियललाई दोस्रोपटक क्लब विश्वकपको उपाधि दिलाए ।

रियल यसअघि २०१४ मा च्याम्पियन बनेको थियो । रियलले यस सिजनमा आफ्नो अपराजित यात्रालाई ३७ औं खेल बनाएको छ । यसैगरी तेस्रो स्थानको लागि भएको अर्को खेलमा कोलम्बियाको एट्लेटिको नेसनलले टाईब्रेकरमा मेक्सिकोको क्लब अमेरिकालाई ४–३ गोलले हरायो ।

निर्धारित सकयमा दुवै टोली २–२ गोलको बराबरीका रोकिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.