नेपाल एक विकेटले विजयी( भिडियोसहित)

नेपाल एक विकेटले विजयी( भिडियोसहित)

काठमाडौः नेपालले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा सान्त्वना जित हात पारेको छ । समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई एक विकेटले हराएर नेपालले सान्त्वना जित हात पारेको हो ।


अघिल्ला दुवै खेलमा पराजित भएपछि नेपाली टोली मलेसियासँग भिड्नुअघि नै पहिलो चरणबाट बाहिरिने निश्चित भएको थियो । पहिलो खेलमा श्रीलंकासँग एक रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । टस जितेको नेपालले मलेसियालाई ब्याटिङ गर्न बोलाएको थियो ।

मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाएर एक सय ५४ रन जोड्यो । मलेसियालाई सस्तोमा समेट्न अदिल खानले तीन तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईदुई विकेट लिए । रोहित पौडेल, शुभांकर उरावले एक एक विकेट हात पारे ।

मलेसियाका कप्तान वीरनदीप सिंहले सर्वाधिक ७५ रन जोडे । मुहम्मद हासिफले २१ र सैफउल्लाह मलिकले ११ रन बनाए । अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा मध्यक्रमका अनिल साह र पछिल्लो क्रमका पवन सरार्फले महत्वपूर्ण भूमिका खेले ।

भिडियाे हेर्नुहाेस्

अनिलले ३२ र पवनले अविजित २९ रन जोडे । यी दुईबीच नवौं विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । नेपालले १० औं विकेटका लागि नौ रनको साझेदारी गर्‍यो । कप्तान सन्दीप लामिछाने तीन रनमा अविजित रहे । नेपालको पालीमा अविनास कर्णले पनि २९ रन जोडे । दीपेन्द्र ऐरीले २२ र रोहित पौडेलले १२ रन बनाए ।

आसिफ शेख एक र रवीन्द्र शाही पाँच रन जोडेर आउट भए भने अदिल खान र प्रकाश केसीले खाता खोल्न सकेनन् । अनिलले ६६ बलमा एक छक्का र दुई चौका हिर्काए । पवनले ६७ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

अविनासले ४५ बलमा चार चौका हिर्काए । २५ बल खेलेको दीपेन्द्रले चार चौका प्रहार गरे । मलेसियाका वीरनदीप सिंहले तीन तथा सेद अजिज, मुहम्मद हाफिज र मुहम्मद आमिरले दुई दुई विकेट लिए । समूह एमा नेपाल तीन खेलबाट दुई अंक जोडेर तेस्रो भयो । समूहमा तीनवटै खेल जितेर भारत विजेता र दुईवटा खेल जितेको श्रीलंका उपविजेता हुँदै सेमिफाइनल पुगे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.