खानलाई प्रोस्टाइल म्यानहन्ट २०१६ को उपाधि

खानलाई प्रोस्टाइल म्यानहन्ट २०१६ को उपाधि

काठमाडौः समिम खानले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ को उपाधि जितेका छन् । प्रोस्टाइल ड्यान्ड्रफ कन्ट्रोल हेयर आयल तथा हेयर क्रिमको उत्पादक तथा बजार–व्यवस्थापक कम्पनी डाबर नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ को घोषणा गरेको हो । कार्यक्रमका आयोजक ग्रुप अफ इभेन्ट एन्टरटेनरले विगत १३ वर्षदेखि प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस प्रतियोगिताबाट विजेताले एक लाख नगद प्राप्त गरेका छन् । स्याकार ट्रेडिङका तर्फबाट सीबी हर्नेट मोटरसाइकल पनि प्राप्त गरेको आयोजकले जनाएको छ । खानले आउँदो म्यानहन्ट इन्टरनेसनल २०१७ को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगितामा प्रवेश झाले दोस्रो स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका थिए भने अनुज मास्केले तेस्रो स्थान हासिल गरी १० हजार नगद हात पारेका थिए । उनीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.