लायन्स क्लब मनहराको पदस्थापन कार्यक्रम
काठमाडौंः नवगठित लायन्स क्लब अफ काठमाडौं मनहराको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए–वानका डिस्ट्रिक्ट गभर्नर कुमारराज सुवेदीले क्लबका पदाधिकारीलाई सपथ गराउँदै लायनवादको मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।
विभिन्न क्षेत्रमा स्थापित प्रबुद्ध व्यक्ति सहभागी लायन्स क्लब अफ काठमाडौं मनहराले छोटो समयमै आफूलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको गर्भनर सुवेदीले बताए ।
अग्रज लायन्स हरिशंकर निरौला, राम भन्डारी क्षेत्री, रुबयनाथ कोइराला, दिनेश पौडेल, सुनिलभक्त श्रेष्ठलगायतले नेपालका लायन्सले गरिरहेका सामाजिक काम सबैका लागि उदाहरणीय भएको बताए । शिक्षा, स्वास्थ्य, व्यापारलगायतका क्षेत्रमा स्थापित ५७ सदस्यीय लायन्स क्लब अफ काठमाडौं मनहराको संस्थापक सभापतिको भूमिका प्रमोद फुयाँलले गरेका थिए । सो अवसरमा क्लब स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।