निम्बसका दुई खानेतेल सार्वजनिक

निम्बसका दुई खानेतेल सार्वजनिक

काठमाडौंः कृषि क्षेत्रको अग्रणी निजी संस्था निम्बस होल्डिङअन्तर्गतको प्रोवायोटिक इन्डस्ट्रिजले ब्यन्जन ब्रान्डमा दुई खानेतेल सार्वजनिक गरेको छ । निम्बसले ब्यन्जन ब्रान्डअन्तर्गत सूर्यमुखि र तोरीको खानेतेल सार्वजनिक गरेको हो ।

निम्बसले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी दुई उत्पादनको आधिकारिक रूपमा सार्वजनिक गरेको हो । निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरीया, प्रोबायोटेकका कार्यकारी निर्देशक डा. दिनेश गौतम, निम्बस कर्पोरेट अफेयरका वरिष्ठ म्यानेजर डा. शितलकाजी श्रेष्ठले उक्त ब्रान्डको तेल सार्वजनिक गरेका थिए । बगरीयाले सार्वजनिक गरेका दुवै थरीका तेल उच्च गुणस्तरीय र स्वच्छ भएको दाबी गरे ।

‘नेपालमा उत्पादन भइरहेका खानेतेल गुणस्तरमा सम्झौता गरी बजारमा ल्याइएका छन्,’ प्रबन्ध निर्देशक बगरीयाले भने, ‘तर हामीले गुणस्तर र तेलको मौलिक गुणसँग कुनै सम्झौता गरेका छैनौं । विकसित मुलुकमा प्रयोग हुने प्रविधि र कच्चा पदार्थको प्रयोग गरी नेपालमै युरोपिएन स्ट्यान्डर्डको उच्च गुणस्तरीय तेल बजारमा ल्याएका छौं ।’

बगरीयाले सर्वसाधारण स्वास्थ्यप्रति सचेत नभएकाले बजारमा पाइने गुणस्तरहीन खानेतेल प्रयोग गर्दै आएको आरोप लगाए ।
सूर्यमुखि र तोरीको तेल एक र दुई लिटरको बोतल तथा एक÷एक लिटरको पाउँचमा तराईका जिल्लासहित काठमाडौं र पोखरा बजारबाट बिक्रीवितरण सुरु गरिएको हो । सूर्यमुखि तेललाई एक सय ९० र तोरीको तेललाई दुई सय रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ । निम्बसले ल्यामिनेटेड नाइलन लेयरसहितको प्याकिङमा तेल उपलब्ध गराइएको छ ।

यो उद्योगले पर्साको लिपनीबिर्तामा करिब ६५ करोडको लगानीमा उद्योग स्थापना गरेको छ । चार विघा क्षेत्रफलमध्ये दुई विघामा प्रशोधन कारखाना र दुई विघामा दैनिक तीन सय मेट्रिक टन कच्चा तेल उत्पादन गर्ने कारखाना निर्माण गरिएको छ । यो उद्योगसँग भटमासतर्फ प्रति दिन सय मेट्रिक टन, सूर्यमुखितर्फ ५० मेट्रिक टन र तोरीतर्फ ६० मेट्रिक टन तेल उत्पादन गर्ने क्षमता छ ।

उद्योगले खानेतेलको कूल बजारमध्ये तोरीतर्फ १५ प्रतिशत र सूर्यमुखितर्फ २० प्रतिशत हिस्सा ओगटने गरी उत्पादन र बजारीकरणको रणनीतिलाई अघि बढाएको छ । उद्योगले तोरीको तेलतर्फ पनि अत्याधुनिक प्रविधि भिœयाएको छ ।

कोल्ड प्रेस प्रविधिको सहयोगमा आयात गरिएका तोरीको गेडालाई पेलेर तेल उत्पादन हुँदै आएको छ । यो प्रविधिअन्तर्गत तोरीमा उपस्थित प्राकृतिक र मौलिक गुणलाई नस्ट नगरी गुणस्तरीय तेल उत्पादन हुन्छ । तोरीको तेल प्याकिङमा पनि नेपालमै पहिलो पटक ल्यामिनेसन प्रविधिलाई प्रयोगमा ल्याइएको छ । यसले तेलको शुद्धता र स्वच्छतालाई लामो समयसम्म यथावत राख्छ ।

भिटामिन ए र डी समि श्रण गरी उत्पादन गरिएको सूर्यमुखिको तेल भिटामिनको कमी भएका बालबालिकालाई निकै लाभदायक हुने निम्बसले जनाएको छ । यो उद्योगले अर्जेन्टिना, ब्राजिल, युक्रेन र भारतबाट कच्चा पदार्थ आयात गरी तीन थरीका तेल उत्पादन गर्न सुरु गरेको हो । निम्बसले भारतसहित तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमै तेल उत्पादन गर्दै आएको छ ।

निम्बस होल्डिङअन्तर्गत प्रोबायोटेक इन्डस्ट्रिज, प्रोजियोचेम इन्डस्ट्रिज, निम्बस इन्टरनेसनल कम्पनी, फेब्रिक प्लास्टिक उद्योग र निम्बस कृषि केन्द्र सञ्चालनमा छन् । यो समूहको पशुपन्छीको प्यालेट दाना निकै लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.