अनुपलाई अष्ट्रेलियामा अवार्ड
काठमाडौंः अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी अनुप श्रेष्ठले बेस्ट अष्ट्रेलियन अवार्ड पाएका छन् । सूचना प्रणालीका विषयमा अमनले गरेको अध्ययन र शोधका लागि उक्त अवार्ड प्रदान गरिएको हो । उनले अष्ट्रेलियन काउन्सिल अफ प्रोफेसर एन्ड हेड अफ इन्फरमेसन सिस्टम अवार्ड पाएका हुन् ।
उनको शोध शीर्षक ‘डेभ्लप्मेन्ट एन्ड इभोलुसन अफ सफ्टवेयर मेडिएटेड प्रोसेस एसेस्मेन्ट एप्रोच इन आईटी सर्भिस म्यानेजमेन्ट’ का लागि अवार्ड प्रदान गरिएको हो । विद्यावारिधि उपाधिका लागि गरिएको उनको शोध तीन सय पृष्ठको थियो । अवार्ड प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको अमनले बताए।
‘यो नेपालीका लागिसमेत गौरवको विषय हो’, अनुपले भने, ‘यसले मुलुकबाहिर छरिएर रहेका नेपालीको समेत सान बढाएको छ ।’ अमनले राजधानीको एपेक्स कलेजबाट सूचनाप्रणाली अध्ययन गरेका थिए । नेपाल रहँदा उनले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै कम्पनीमा नेतृत्व तहमा रहेर काम गरेका थिए।