जेडटीईको ‘वार्म विन्टर अफर'

जेडटीईको ‘वार्म विन्टर अफर'

काठमाडौः जेडटीईले नेपाली मोबाइल खरिदकर्तालाई लक्षित गरी ‘वार्म विन्टर अफर' योजना ल्याएको छ । कम्पनीले ल्याएको यस अफरअन्तर्गत मोबाइल खरिदकर्ताले कार्ड स्क्र्याच गरी विभिन्न सियोर सट (पक्का) उपहार प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार कार्ड स्क्र्याच गरेर ग्राहकले बाल्ट्राको हिटर, थर्मस, इलेक्ट्रिक केटल, २६०० एमएएचको पावर बैंक, सेल्फी स्टिक, १० हजार एमएएचको पावर बैंक र नगद उपहार पाउन सक्नेछन् । पछिल्लो समय जेडटीईले ल्याएका एक्जोन सिरिजका दुई वटा स्मार्टफोन चर्चित छन् ।

जेडटीई ब्लेड एस ६, एस सेभेन र भी सेभेन लाइट मोडलमा कम मूल्यका स्मार्टफोन हुन् । जेडटीई एक्जोन सिरिजमा एक्जोन इलाइट र एक्जोन मिनि मोडेल अहिले बजारमा उपलब्ध छन् । १३ मेगापिक्सेलको ड्युल क्यामेरासहितको एक्जोन इलाइटमा तीन जीबीको र्‍याम रहेको छ ।

स्नापड्रागन ८१०, २ गिगाहर्ज अक्टाकोर प्रोसेसर रहेको स्मार्टफोनको बजार मूल्य ३३ हजार नौ सय रहेको छ । साथै यो अफर जेडटीईका सम्पूर्ण मोबाइल प्रोडक्टमा लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.