सोट्टो नेपालमा नयाँ नेतृत्व
काठमाडौं । सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालमा लिभिङ एड्भेञ्चर ट्राभलका प्रवन्ध निर्देशक अनिल लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार राजधानीमा भएको सोट्टोको नवौं बार्षिक साधारणसभाले लामाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो । आगामी दुई वर्षे सोट्टो नेपालको कार्यसमितिको प्रथम उपाध्यक्षमा टेम्पल सिटी ट्राभलका भोला खड्का, द्वितीय उपाध्यक्षमा एस् ट्राभलका मधुसुदन उपाध्याय, महासचिवमा अन्जली ट्राभलका नारायण पराजुली चयन भएका छन् ।
सचिवमा एक्सल ट्राभलका भुवन पाण्डे, कोषाध्यक्षमा फारवेष्ट ट्राभल एण्ड टुर्सका मानबहादुर शाही र सहकोषाध्यक्षमा स्नो वर्ड ट्राभलकी रेश्मा रन्जित चयन भएकी छन् । कार्यसमितिमा अन्य सात जना सदस्य रहेका छन् ।
नवनिर्वाचि अध्यक्ष लामाले व्यवसायीक सहजताका लागि आफूले काम गर्ने बताए । उनका अनुसार व्यवसायीक समस्या समाधान गर्न आफूले सरकारी निकायसँगको समन्वय र सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।