जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी
काठमाडौः फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको प्रदर्शनी पुस पाँचदेखि ११ गतेसम्म हुने भएको छ ।
‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने मुल नाराका साथ आयोजना हुने मेलामा यस पटक पनि कपडा तथा सिलाइ व्यवसायी संघको सहभागिता रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल उद्योग र नेपाली कपडा तथा सिलाइ व्यवसायीका करिब एक सय २५ वटा स्टल रहनेछन् ।
मेलामा छालाका जुत्ता, स्पोर्ट जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका जुत्ता, जेन्टस तथा लेडिज स्यान्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइन तथा फुड प्रदर्शनीमा राखिनेछन् । जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनसमेत प्रदर्शनीमा राखिनेछन् ।