शिवम् सिमेन्टको सम्झौता नगरौं अभियान
काठमाडौं ः शिवम् सिमेन्टले सम्झौता नगरौं अभियान सुरु गरेको छ । कम्पनीले नेपालका विभिन्न प्रमुख सहरका चोक, अस्पताल, सार्वजनिक स्थल, मन्दिर परिसर र चौरमा विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर मानिसहरू खटाएको छ ।
खासगरि नेपालका प्रमुख सहर काठमाडौं, हेटौंडा, पोखरा, नारायणगढ, वीरगन्ज, जनकपुरलगायका सार्वजनिक स्थानमा प्लेकार्ड लिएर बसेका मानिस उल्लेख्य रूपमा रहनेछन् । विभिन्न महत्वपूर्ण विषयसँग सम्बन्धित शब्दको पछाडि ‘नो कम्पेरिजन’(सम्झौता नगरौं) भन्ने उल्लेख गरिएको छ ।
खासगरि हस्पिटलमा, स्वास्थ्यमा, धार्मिक आस्थाका सम्बन्धमा, सडक अनुशासनका मामलामा, पारिवारिक खुसी, फिटनेस, बचत जस्ता विभिन्न कुरामा सम्झौता नगरौं भन्ने सन्देशमूलक प्लेकार्ड बोकेर मानिसहरू खटिनेछन् ।
सन्देशमूलक कार्डको सहायताले कस्तो कुरामा सम्झौता गर्न हुन्छ र कस्तोमा हुँदैन त्यसमा जनचेतना जगाउने योजना रहेको कम्पनीले जनाएको छ । यसको माध्यमबाट नेपाली समाजमा रुपान्तरण ल्याउन सकिने कम्पनीको विश्वास छ ।