भाषण गर्दागर्दै रुसी राजदूतको गोली हानी हत्या (भिडियो)

भाषण गर्दागर्दै रुसी राजदूतको गोली हानी हत्या (भिडियो)

एजेन्सीः एक बन्दुकधारीले रुसी राजदूत एन्ड्रेइ कार्लोफको गोली हानी हत्या गरेका छन्। टर्कीको अंकरास्थित दंगा नियन्त्रणमा खटिने प्रहरीले नै राजदूतको हत्या गरेको खुलासा भएको छ ।

उनी दंगा नियन्त्रणमा इकाइका २२ बर्षीय प्रहरी अधिकारी भएको खुलेको भए पनि उनी कुन समूहसँग आबद्ध थिए भन्ने खुल्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘टर्कीशहरुको नजरमा रुस’ शीर्षकको फोटो प्रदर्शनीमा सहभागी भएका राजदूत भाषण गर्न मञ्चमा पुगेको बेला ति युवाले गोली हानेका थिए । पछाडिबाट गोली लागेपछि राजदूत मञ्चमै ढलेका थिए । गोली प्रहारपछि सिरियाको अलेप्पो शहरसँग सम्बन्धित नारा अरबी र टर्किस भाषामा नारा लगाएको भिडियोमा सुन्न सकिन्छ ।

ती व्यक्तिले ‘अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स’ भन्दै नारा लगाएका थिए । उनले भगवान महान छन् भन्दै अरबी भाषामा समेत बोलेको सुन्न सकिन्छ।

सुरक्षाकर्मीले बन्दुकधारीलाई तत्काल गोली हानी मारेको उल्लेख गरिएको भए पनि थप जानकारी सार्वजनिक भएको छैन् । घटनालगत्तै राजदूतलाई अस्पतालले मृत घोषित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.