एमालेले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता हुन्नः मन्त्री केसी

एमालेले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता हुन्नः मन्त्री केसी

काठमाडौंः शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्।

भारतको नयाँ दिल्लीमा सम्पनन आवास र शहरी विकास सम्बन्धि एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको छैठौं मन्त्री स्तरीय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री केसीले असन्तुष्ट मधेसवादी दलहरुका माग सम्बोधन गर्नका लागि सरकारले संशोधन प्रस्ताव ल्याएकाले त्यो फिर्ता नहुने बताएका हुन्।

उनले संविधान कार्यान्वयनका लागि भएपनि संविधान संशोधन प्रस्ताव पारित गरेर अघि बढ्नु पर्ने बताए। एमालेसहित विपक्षी दल सहमतिमा आउनुको विकल्प नरहेको भन्दै उनले संविधान संशोधन गरेर भएपनि निर्वाचनमा जानु पर्ने बताए। उनले भने,‘संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचनमा जानुको विकल्प छैन। त्यसैले प्रमुख तीन दल एक ठाउँमा उभिनुको विकल्प छैन।’

केसीले सरकारले संसदमा दर्ता गरेको प्रदेश सीमांकन एमालेले नै पहिले ल्याएको र अहिले आएर विरोध गर्नुको तुक नभएको बताए। उनले भने,‘एमालेले नै पहिले यो प्रस्ताव ल्याएको थियो। उसले ल्याएकै सीमांकनको प्रस्तावलाई सरकारले संशोधनका लागि प्रस्ताव दर्ता गरेको हो। अहिले आएर सीमांकनको विवाद निकालेर आन्दोलनमा जानुको कुनै तुक छैन।’

उनले एमालेलगायत विपक्षी दलहरुलाई संसद अबरोध हटाएर सहमतिमा आउन पनि आग्रह गरे। उनले संशोधन प्रस्तावको विरोध गरेर एमालेले मुलुकलाई निर्वाचनमा जानबाट रोक्न खोजेको आरोप लगाए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.