निर्वाचनको तयारी थाल्न कानुनमन्त्रीको निर्देशन

निर्वाचनको तयारी थाल्न कानुनमन्त्रीको निर्देशन

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले सचिवालय सदस्यलाई संविधान कार्यान्वयनको कामलाई प्राथमिकता राखेर अघि बढ्न निर्देशन दिएका छन् ।

मंगलबार सचिवालय सदस्यलाई विशेष निर्देशन दिदै स्थानीय तहको निर्वाचनका आवश्यक वातावरण निर्माण गर्ने कार्यमा लागि पर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सरकार चाँडोभन्दा चाँडो स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउदै उनले विभिन्न समितिमा रहेको निर्वाचन सम्बन्धी विधेयकको पछिल्लो अवस्था बुझ्न र त्यसलाई चाँडै टुंगोमा पुर्याउनका लागि घच्घच्याउन पनि निर्देशन दिए ।

आगामी निर्वाचनसँग सम्बन्धित तीनवटा कानुन दुई महिनादेखि राज्यव्यवस्था समितिमा पुगे पनि छलफल हुन नसक्दा निर्वाचनका काममा ढिला भइरहेको उनको भनाइ छ ।

सरकारले दलहरुसँग अधिकतम सहमति जुटाई निर्वाचनको मिति घोषणा गर्ने बताउदै देशभरी निर्वाचनको सन्देश प्रवाह गर्ने काममा लाग्न समेत निर्देशन दिएका छन् ।

व्यवस्थापिका संसद्को कार्यसूचीमा रहेको निर्वाचनसम्बन्धी विधेयक पारित भएलगत्तै निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.