आदिवासी जनजाति महासङ्घमा बराम विजयी

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

चितवनः नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी भएका हुन् ।

५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाएका थिए । एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत पाप्त गरे । कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरे । गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण केही ढिलो मात्र सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.