एपेक्स डिजिटल स्मार्ट स्टोरको नयाँ अभियान

एपेक्स डिजिटल स्मार्ट स्टोरको नयाँ अभियान

काठमाडौं: एपेक्स डिजिटलले 'विश्वास छरी नेपालभरि' मूल नाराका साथ देशभर पहिलोपटक 'एपेक्स डिजिटल स्मार्ट स्टोर' खोल्ने भएको छ । मैत्रीपूर्ण वातावरण र नयाँ प्रविधि आफ्ना ग्राहकबीच लिएर जानु नै स्टोरको मुख्य उद्देश्य रहेको छ । आउँदो क्रिसमसको अवसर पारेर एपेक्स डिजिटल स्मार्ट स्टोर 'स्पट द ब्लु सान्ता' भन्ने रोमाञ्चक सञ्चार अभियानका साथ उपस्थित भएको कम्पनीले जनाएको छ ।

यसका साथै एपेक्स ब्लु सान्ताले बुधबारदेखि आइतबारसम्म विभिन्न सहरमा विभिन्न उपहार प्रदान गर्ने जनाएको छ । यसमा सहभागी बनी १० वटा जोपो मोबाइल र पाँचवटा जेटीई मोबाइलसहित अरू पनि थुप्रै आकर्षक उपहार जित्न सकिने आयोजकले जनाएको छ । यसमा सहभागी हुन बजारमा घुमिरहेको एपेक्स ब्लु सान्ता खोज्नुपर्नेछ र सान्तासँग फोटो खिचेर आकर्षक उपहार प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.