शिवम् सिमेन्टको प्रतिबद्धता अभियान

शिवम् सिमेन्टको प्रतिबद्धता अभियान

काठमाडौं: शिवम् सिमेन्ट लिमिटेडले प्रतिबद्धात्मक अभियान 'सम्झौता नगरौं' सुरु गरेको छ । विभिन्न समयमा ग्राहक लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले आफ्नो गुणस्तरको पहिचान कायम राख्दै बजार प्रवद्र्धन गर्दै आएको जनाएको छ । कम्पनीले शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएकोमा ग्राहक वर्ग तथा आम उपभोक्तासमक्ष समयअनुकूल विभिन्न किसिमका योजना तथा कार्यक्रम गर्दै आएको जनाएको छ ।

उक्त क्रममा अब शिवम् सिमेन्टले क्वालिटीको मामलामा 'नो कम्पेरिजन' भन्ने प्रतिबद्धात्मक अभियानसहित बजारमा प्रस्तुत भएको जनाएको छ । उक्त अभियानको प्रारम्भिक चरणमा तीन दिनका लागि दैनिक बिहानदेखि बेलुकासम्म नेपालका विभिन्न सहरमा सामाजिक जनचेतनामूलक प्ले कार्ड राखिएको छ । कम्पनीले नेपालका प्रमुख सहरका चोक, अस्पताल, सार्वजनिक स्थल, मन्दिर परिसर र चौरमा विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर मानिसहरू खटाएको छ ।

खासगरी काठमाडौं, हेटौंडा, पोखरा, नारायणगढ, वीरगन्ज, जनकपुरलगाय सहरका सार्वजनिक स्थानमा प्लेकार्ड लिएर बसेका मानिस उल्लेख्य रूपमा देखिनेछन् । विभिन्न महत्त्वपूर्ण विषयसँग सम्बन्धित शब्दको पछाडि 'नो कम्पेरिजन' (सम्झौता नगरौं) भन्ने उल्लेख गरिएको छ । हस्पिटल, स्वास्थ्य, धार्मिक आस्था, सडक अनुशासन, पारिवारिक खुसी, फिटनेस, बचतजस्ता कुरामा सम्झौता नगरौं भन्ने सन्देशमूलक प्लेकार्ड बोकेर मानिसहरू खटिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.