एपेक्स कलेजको स्मार्ट कार्यक्रम

एपेक्स कलेजको स्मार्ट कार्यक्रम

काठमाडौः एपेक्स कलेजले विद्यार्थीको क्षमता विकासलाई ध्यान दिँदै सञ्चालन गरेको स्मार्ट कार्यक्रम सम्पन्न गरेको छ । तीन महिनादेखि सञ्चालन गरिरहेको उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थीलाई सहभागी गराइरहेको कलेजले जनाएको छ । कार्यक्रममार्फत व्यवस्थापन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव, प्रयोग र विकासबारे विद्यार्थीलाई अध्ययनअनुसन्धान गराइएको थियो ।

विद्यार्थीको कार्यक्षमतालाई मूल्यांकन गर्न निर्णायकको समेत व्यवस्था गरेर सञ्चालन गरिएको कार्यक्रममा विश्वका प्रसिद्ध पाँच सय कम्पनीको समीक्षा गरिएको कलेजले जनाएको छ । विद्यार्थीले उक्त कम्पनीहरूको विकास, समुन्नतिका कारण, वर्तमान अवस्था, कर्मचारी व्यवस्थापनलगायत विषयमा समीक्षात्मक अध्ययनअनुसन्धान गरेका थिए । सहभागी विद्यार्थीलाई एमबीएमा अध्ययनरत विद्यार्थीले तयार पारेका तथ्यलाई निर्णायकसामु प्रस्तुत गरेका थिए ।

त्यसअन्तर्गत बीबीएमा अध्ययनरत प्राञ्जलराज घिमिरेको प्रस्तुतीकरण उत्कृष्ट भएको कलेजले जनाएको छ । स्मार्ट कार्यक्रमका सञ्चालक समितिका सदस्य महेन्द्र बस्यालका अनुसार एपेक्स कलेजले हरेक वर्ष स्मार्ट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विद्यार्थीको आत्मविश्वास निर्माण र अध्ययनपछिको कार्यक्षेत्रमा सहन, कार्यक्षमता निर्माणका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्यालले बताए । कार्यक्रममा सात सय ५० विद्यार्थीमध्ये १७ जनालाई उत्कृष्ट प्रस्तुतिकर्ता अवार्ड प्रदान गरिएको कलेजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.